Main News

भारतीय विदेश सचिव शृंगला दिनभर भेटघाटमा व्यस्त

हिमालय टिभी
२०७७ मंसिर ११ गते १९:४६
भारतीय विदेश सचिव शृंगला दिनभर भेटघाटमा व्यस्त

११ मंसिर, २०७७ काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगला आज दिनभर भेटघाटमा व्यस्त रहनुभयो ।

शुरुमा नेपाली समकक्षी भरतराज पौड्यालसँग भेटवार्ता गरेका शृंगलाले त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो ।

दुई बजे याक एण्ड यति होटलमा नेपाली समकक्षी पौडेलसँगको भेटपछि शृंगला तीन बजे परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न सिंहदरबार पुग्नुभएको थियो । त्यसपछि ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओली र ६ बजे शीतल निवासमा उहाँले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा भारतीय विदेश सचिवले कोरोना विरुद्ध प्रयोग हुँदै आएको औषधि रेम्डिीसिभिर २ हजार भाईल हस्तान्तरण गर्नुभयो ।

दुई दिने भ्रमणमा आज बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृंगला भोलि गोरखा र मनाङ पुग्नुहुनेछ । उहाँ भोलि नै स्वदेश फर्किनु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *