Main News

ठगी गरेको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

हिमालय टिभी
२०७७ मंसिर १० गते १६:५२
ठगी गरेको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

१० मंसिर, २०७७ काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ठगी आरोपमा पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएका थिए । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गाको सेयर आफ्नो नाममा पारेर उनले ठगी गरेको आरोप छ ।

न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी छ । उनीविरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ ।

नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा काम गरेका थिए ।

यस्तै २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म उनले अध्यक्षका रुपमा दोस्रो कार्यकाल काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *