कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, थप १७९० जनामा संक्रमण पुष्टि

९ मंसिर, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर कम देखिए पनि मृत्यु भने उच्च नै छ । पछिल्लो पटक संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ । यस्तै पछिल्लो पटक १० हजार ८ सय ४३ नमुना परीक्षण गर्दा १७ सय ९० संक्रमित थपिएका छन् । संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
थपिएका मध्ये ९ सय ४७ संक्रमित काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा ६ सय ९२, ललितपुरमा १ सय ९० र भक्तपुरमा ६५ नयाँ संक्रमित भेटिएका छन् ।
यस्तै सुनसरीमा १ सय १०, कास्कीमा ८३, मोरङमा ७५, काभ्रेमा ६१ र कैलालीमा ६१ संक्रमित थपिएका छन् ।
पछिल्लो पटक २७ सय ९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ भएको छ ।
नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरे भएकाले सक्रिय संक्रमितको संख्या घटेर १७ हजार ८ सय ५९ मा झरेको छ । ३ सय ९३ संक्रमितको आइसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया