Main News

बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, पूर्वपश्चिम राजमार्ग अवरुद्ध (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ९ गते १३:०६
बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, पूर्वपश्चिम राजमार्ग अवरुद्ध (भिडियोसहित)

९ मंसिर, २०७७ बर्दिबास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महोत्तरीको बर्दिबासमा पूर्वपश्चिम र वीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

स्थानीयले बालिकाको शवसहित राजमार्गमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।

आइतबार साँझदेखि बेपत्ता बालिकाको शव गएराति घर नजिकैको खेतमा फेला परेको थियो । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिनुभयो ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । गौशाला नगरपालिका वडा नम्बर ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुणकुमार साहलाइ हत्या आरोपमा पक्राउ गरिएको छ ।

साहको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । आगो नियन्त्रण गर्न गएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै रोकिएको छ ।

घरमा सिलिन्डर पड्किएर आगो अनियन्त्रित्र भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *