Main News

इलाम जान लागेको प्रधानमन्त्री ओली सवार हेलिकोप्टर विराटनगरमा अवतरण

हिमालय टिभी
२०७७ मंसिर ८ गते १६:११
इलाम जान लागेको प्रधानमन्त्री ओली सवार हेलिकोप्टर विराटनगरमा अवतरण

८ मंसिर, २०७७, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली सवार हेलिकप्टर विराटनरमा अवतरण गरेको छ ।

ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण सिधै विराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।

प्रधानमन्त्री विराटनगर विमानस्थलमा आइपुग्नु भए पनि प्रधानमन्त्री ओली हेलिकप्टरबाट झर्नुभएको छैन । पर्यटन मन्त्री योगश भट्टराई, सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरु भने विशिष्ट कक्षमा रहनुभएको छ ।

इन्धन भर्नका लागि मात्र विराटनगर विमानस्थलमा हेलिकप्टर अवतरण गरिएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिफिलिङ्गका लागि मात्र विराटगनर विमानस्थलमा आइपुगेको र यहाँ कुनै कार्यक्रम नरहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *