Main News

प्रधानमन्त्री ओली पूर्वी नेपाल भ्रमणमा

हिमालय टिभी
२०७७ मंसिर ८ गते १३:०९
प्रधानमन्त्री ओली पूर्वी नेपाल भ्रमणमा

८ मंसिर, २०७७ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि पूर्वी नेपालको भ्रमणमा जानु भएको छ ।

बिहान पौने १० बजे सेनाको हेलिकप्टरमार्फत पर्यटनमन्त्री योगेश भट्टाराई, नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्बाङसँगै त्यसतर्फ जानु भएको हो ।

ओली ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ । उहाँले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्ट बीओपीको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगिसकेको छ । प्रधानमन्त्री त्यस क्षेत्रमा मंसिर ५ गते नै जाने कार्यक्रम थियो ।

पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भयो । आजको कार्यक्रम मंसिर ५ गते तय गरिएको हो । प्रमुख जिल्ला अधिकारी चापागाईंका अनुसार दुई घण्टा घुन्सा बसेर प्रधानमन्त्री ओली इलामको जौबारी जानुहुनेछ ।

उहाँले इलामको सीमा क्षेत्रको बोर्डर आउट पोष्टको पनि निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *