Main News

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना निर्माण गर्न छानियो कम्पनी

हिमालय टिभी
२०७७ मंसिर ८ गते ७:३६
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना निर्माण गर्न छानियो कम्पनी

८ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ ।

विमानस्थलको गुरुयोजना अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए जेभीले गुरुयोजना बनाउने जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिनुभयो ।

प्राधिकरणले आशय–पत्र जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको उहाँले जानकारी दिनुभयो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । ३० करोड रुपैयाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो ।

यसैगरी रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको आन्तरिक उडान भर्न प्रयोग भइरहेको धावनमार्गको समानान्तर हुने गरी ट्याक्सी–वे निर्माणको परामर्शदाता कम्पनीको पनि छनोट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *