Political Hightlights

प्रधानमन्त्री ओलीले तल्लो तहसम्म गुट संक्रिय पारेपछि प्रचण्ड पक्ष काउन्टर रणनीतिमा

हिमालय टिभी
२०७७ मंसिर ८ गते ७:३१
प्रधानमन्त्री ओलीले तल्लो तहसम्म गुट संक्रिय पारेपछि प्रचण्ड पक्ष काउन्टर रणनीतिमा

८ मंसिर, २०७७ काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आँकलनसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पारेको छ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोही रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएको छ।

सचिवालयका अन्य चार नेताको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्‍याउने गरी प्रदेशसम्म पठाइसकिएको एक नेताले जानकारी दिए ।

सानो पुस्तिका आकारमा १० हजार प्रति छापिसकिएको सो प्रस्तावलाई सबै प्रदेशमा पठाइएको बुझिएको छ । प्रस्ताव मिडियामा सार्वजनिक गरिएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनु भएको थियो ।

पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर सबै प्रदेशमा पठाइएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको समर्थनमा प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव कात्तिक २८ गते सचिवालय बैठकमा पेस गर्नु भएको थियो ।

पाँच भागमा रहेको सो प्रस्तावमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण नगरेको, सरकार सञ्चालनमा पार्टीलाई अवज्ञा गरेको, पार्टीमा गुटबन्दी गरेको लगायतका आरोप लगाइएको छ।

प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्को बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताउनु भएको थियो । त्यसका लागि उहाँलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्