Main News

काठमाडौं महानगरद्वारा निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु

हिमालय टिभी
२०७७ मंसिर ७ गते १४:४५
काठमाडौं महानगरद्वारा निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु

७ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्नका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन शुरु गरेको छ ।

महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरिएको हो । चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यानमार्फत स्वाव संलकनको काम शुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने भन्दै उहाँले शुल्क तिर्ने क्षमता भएकाहरुलाई शुल्क तिर्न आग्रह गर्नुभयो । कोरोना नियन्त्रणका लागि स्थानीयस्तरबाट पनि सहयोग हुनुपर्ने शाक्यले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै उहाँले कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *