Main News

नेकपा विप्लव समूहका अर्थ विभाग प्रमुखसहित दुई जना पक्राउ

हिमालय टिभी
२०७७ मंसिर ७ गते १३:४५
नेकपा विप्लव समूहका अर्थ विभाग प्रमुखसहित दुई जना पक्राउ

७ मंसिर, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवं पोलिटब्युरो सदस्य प्रेम दर्नालसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपालीलाई पक्राउ गरेको हो ।

नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पुष्टि गर्नुभएको छ ।

प्रवक्ता विश्वकर्माले विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग समेत गर्नुभएको छ ।

विप्लव समूहका प्रवक्ता विश्वकर्माले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गर्नुभएको छ।

उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *