Main News

वीपी प्रतिष्ठानमा एक महिनादेखि बन्द रुटिन ओटी शल्यक्रिया सेवा आजदेखि शुरु

हिमालय टिभी
२०७७ मंसिर ७ गते ८:३३
वीपी प्रतिष्ठानमा एक महिनादेखि बन्द रुटिन ओटी शल्यक्रिया सेवा आजदेखि शुरु

७ मंसिर, २०७७, विराटनगर । धरानास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि रुटिन ओटी शल्यक्रिया सेवा शुरु गर्ने भएको छ ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले आज एक सूचाना जारी गर्दै ओटी युजर्स कमिटीले मंसिर ७ गतेदेखि रुटिन ओटी शुरु गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इमरजेन्सी र सेमी इमरजेन्सी प्रकृतिका अप्रेशनहरु मात्र गरिरहेको थियो ।

सहायक अस्पताल निर्देशक डा बरालका अनुसार स्टाफ नर्सहरुमा ठुलो संख्यामा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव भएको थियो । जसले गर्दा एक महिनादेखि रुटिन ओटी सेवा बन्द थियो ।

पछिल्लो समय प्रतिष्ठानले ७५ जना नयाँ स्टाफ नर्सहरु नियुक्त गरेकाले ओटी सेवा शुरु गर्ने निर्णय भएको हो । प्रतिष्ठानमा इमरजेन्सी र सेमी इमरजेन्सी ओटीबाहेक ७ वटा रूटिन ओटी रहेको छ । एक महिनादेखि भने दुई वटा रुटिन ओटी मात्र सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *