Main News

रत्नपार्कमा शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

हिमालय टिभी
२०७७ मंसिर ६ गते १३:२८
रत्नपार्कमा शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

६ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको रत्नपार्कमा राष्ट्रिय विभूति शङ्खधर साख्वा र मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी दुई व्यक्तित्वको शालिक अनावरण गरिएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रूपमा शालिक अनावरण गर्नु भएको हो ।

२० लाख रुपैयाँ लगानीमा निर्माण भएको शालिक महेश श्रेष्ठले बनाएका हुन् । साख्वा नेपाल संवतका प्रवर्द्धक र राष्ट्रिय विभूति समेत हुन्। २ हजार ५६ साल मंसिर ३ गते साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

वामपन्थी राजनीतिज्ञ तुलाधरले विक्रम संवत् २ हजार ४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गर्नु भएको थियो ।

महानगर प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले दीर्घकालसम्म चिनुन्‌ र सम्झिरहुन्‌ भनेर शालिक निर्माण गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरी शालिक निर्माण गर्ने अवसर पाउनु गर्वको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *