विदेश
कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग नगर्न डब्ल्युएचओको सुझाव
२०७७ मंसिर ५ गते १४:४५
५ मंसिर, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।
डब्ल्यूएचओको विज्ञ समूहले रेम्डिसिभिरले उपचार गरिएका गम्भिर प्रकृतिका संक्रमितको स्वास्थ्य अवस्थामा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पार्दै प्रयोग नगर्न सुझाएको हो ।
डब्ल्यूएचओको मार्गनिर्देशन विकास समूहले ७ हजारभन्दा बढी संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा स्वास्थ्यमा सुधार आउन कुनै सहयोग नपुगेको देखिएको जानकारी दिएको छ ।
गएको अक्टोबरमा डब्ल्यूएचओले रेम्डिसिभिरको क्लिनिकल परीक्षणको क्रममा यसको असर न्यून देखिएको बताएको थियो ।
हाल नेपालसहित विश्वका धेरै देशले गम्भिर किसिमका कोरोना संक्रमितलाई रेम्डिसिभिरको औषधिमार्फत उपचार गरिरहेको छ ।
प्रतिक्रिया