Main News

पोखराका ६ सहित गण्डकीमा एकैदिन थप ७ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ५ गते १४:२९
पोखराका ६ सहित गण्डकीमा एकैदिन थप ७ जना कोरोना संक्रमितको मृत्यु

५ मंसिर, २०७७, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा पोखरामा गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

मृत्यु हुने संक्रमित ६ संक्रमित पोखरा महानगरका रहेको निर्देशनालयले जानकारी दिएको छ । एक कोरोना संक्रमित तनहुँका हुन् ।

मृत्यु हुनेमा पोखरामहनगरपालिका ९ का ६८ वर्षीय पुरुष, पोखरा महानगरपालिका २१ का ७५ वर्षीय पुरुष, पोखरा माहनगरपालिका १७ का २९ वर्षीय पुरुष र पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुष, पोखरा महानगरपालिका २७ का ७१ वर्षीय पुरुष र पोखरामहानगरपालिका ८ का ५४ वर्षीय पुरुष छन् ।

त्यस्तै तनहुँ म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *