Political Hightlights

ओलीलाई खुसी पार्ने नाममा अरु नेताको बदनाम नगर्न नेकपा उपाध्यक्ष गौतमको चेतावनी

हिमालय टिभी
२०७७ मंसिर ३ गते १८:३२
ओलीलाई खुसी पार्ने नाममा अरु नेताको बदनाम नगर्न नेकपा उपाध्यक्ष गौतमको चेतावनी

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिनुभएको छ ।

गौतमको सचिवालयले विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो ।

अहिले ओलीलाई हावामा उडाएर सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भैरहेको गौतमको ठहर छ । गौतमले प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने पक्षमा आफू नरहेको प्रष्ट पार्दै प्रचण्डको प्रस्तावलाई नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज भन्नुभएको छ । आफ्नो समेत सहमतिमा आएको प्रस्ताव कुनै हालतमा फिर्ता गर्न नहुने गौतमको मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्