Political Hightlights

नेकपा सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव पेस गर्ने, १८ गते स्थायी कमिटी बैठक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३ गते १४:५७
नेकपा सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव पेस गर्ने, १८ गते स्थायी कमिटी बैठक (भिडियोसहित)

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावको काउन्टरमा छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको एकएक गरेर जवाफ दिने बताउनुभएको हो ।

प्रचण्डको प्रस्तावलाई ओलीले लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भनेर टिप्पणी गर्नुभएको छ । ओलीले आफूमाथि लागेका आरोपको एकएक जवाफ दिने भन्दै समय माग्नुभएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले समय मागेपछि मंसिर १३ गतेसम्मका लागि सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाको अर्को सचिवालय बैठक आगामी मंसिर १३ गते बस्नेछ ।

१३ गतेको बैठकमा ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा प्रचण्डको प्रस्ताव ओली र प्रचण्डले एक अर्कालाई आरोप लगाउँदै पठाएका पत्रका बारेमा छलफल हुनेछ ।

आज बसेको सचिवालय बैठकले मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यसअघि स्थायी कमिटीले कात्तिक १५ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिनापछि धकेलिएको थियो । तर, आज सचिवालय फेरि १० दिनपछि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्