नेवार समुदायमा आज किजा पूजा

Himalaya Television
२०७७ मंसिर २ गते ७:२०

नेवार समुदायमा आज किजा पूजा

२ मंसिर, २०७७ काठमाडौं । नेवार समुदायले आज भाइटीका अर्थात् किजा पूजा मनाउँदै छन्।

भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो। सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन्। तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले कात्तिक ३० गते नै म्हः पूजा गरेका थिए।

नेपाल सम्बत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन्।

किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन्। सँगै सगुन र उपहार दिने प्रचलन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs