Main News

हङकङमा भएको आगलागीमा मृत्यु भएका सात नेपालीको सनाखत, मृत्यु हुनेको संख्या ११ पुग्यो

हिमालय टिभी
२०७७ मंसिर २ गते ७:१४
हङकङमा भएको आगलागीमा मृत्यु भएका सात नेपालीको सनाखत, मृत्यु हुनेको संख्या ११ पुग्यो

२ मंसिर, २०७७, हङकङ । हङकङमा भएको आगलागीमा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ भने मृत्यु हुनेको संख्या बढेर ११ पुगेको छ ।

हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने स्थानमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तीन नेपाली परिवारभित्रका रहेको बताएको छ। मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ रहेका छन।

यसैगरी, ३२ वर्षीय अनिता निरौला र ४० वर्षीय विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनु भएको छ। अन्य मृतकको सनाखत हुन बाँकी छ।

अध्यक्ष गुरुङका अनुसार अन्य ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ।

जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो। तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *