Main News

आफ्नो कोही पनि नहुनेलाई खुल्लामञ्चमा भाइटीका (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ मंसिर १ गते १३:१०
आफ्नो कोही पनि नहुनेलाई खुल्लामञ्चमा भाइटीका (फोटो फिचरसहित)

१ मंसिर, २०७७ काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ ।

गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणर्लाइ भाइटीका लगाइदिएको हो । कोही पनि दाजुभाइको निधार खाली नहोस् भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताउनुभयो ।

कोरोनाका कारण आफ्नो दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाइहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको पनि उहाँले बताउनुभयो ।

यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भए पनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।

लकडाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *