Main News

नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १६:२८
नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १३ जनाको मृत्यु

२९ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र आज ८ सय ३५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६ सय ४२ जना, ललितपुरमा १ सय ५ जना र भक्तपुरमा ८८ जना छन् ।

कास्कीमा २ सय ८ जना, झापामा १ सय २१ रुपन्देहीमा ८२ जना, गोरखामा ६४ जना तथा काभ्रेमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ सय ७६ जना आईसीयूमा र ७४ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन् ।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *