Main News

कोरोना बिर्साउने गरी भक्तपुरका बजारमा भीड (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २८ गते २०:३५
कोरोना बिर्साउने गरी भक्तपुरका बजारमा भीड (भिडियोसहित)

२८ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरका मुख्य बजार तथा चोकमा पनि तिहारका लागि सामान किनबेच गर्नेको भिड देखिएको छ । यसले जिल्लामा कोरोना संक्रमण फैलिने जोखिम पनि बढाएको छ ।

कोरोनाको हटस्पटका रुपमा रहेको भक्तपुरमा अहिले पनि दैनिक एकसयका हाराहारीमा संक्रमित थपिँदै गएको छ । भक्तपुरको मुख्य बजारहरुमा सामान किन्ने र बेच्नेको भीड छ । यहाँ न त स्वास्थ्य मापदण्ड पूरा भएको छ न त भौतिक दूरी नै कायम भएको छ ।

भक्तपुरका मुख्य बजार तथा चोकमा तिहारका लागि चाहिने भाइमसला, फलफूल, मिठाई, फूलमाला, पूजाका सामानलगायत किनबेच गर्नेको बिहानदेखि नै भीड छ । महामारी बढिरहेको बेला यसरी भीड भएकोमा स्थानीयबासिन्दालाई संक्रमणको त्रास थपिएको छ ।

त्यसैले उनीहरु स्थानीय तहले बजारमा कर उठाउन मात्रै ध्यान दिएको र भीडभाड नियन्त्रणमा प्रहरीले पनि कुनै पहल नगरेको गुनासो गर्छन् ।

महामारी नियन्त्रणमा निषेधाज्ञा जारी गर्न अधिकार प्राप्त प्रमुख जिल्ला अधिकारी समेत भीडभाड नियन्त्रणमा चुकेको छ । नगरपालिकासँग सहकार्य गरेर बजार अनुगमन तिव्र बनाउँदै भिडभाड नियन्त्रण गर्न सुरक्षकर्मी परिचालन गर्ने प्रशासनको तयारी छ ।

भक्तपुरमा मनाइने मुख्य जात्रा पर्व भने कोरोनाको जोखिम भन्दै औपचारिकतामा मात्र सीमित गरी आएको भए पनि तिहारमा भने बजारमा भीडभाड नियन्त्रण गर्न नसक्दा संक्रमण फैलिन सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *