हङकङका प्रजातन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा
२७ कात्तिक, २०७७ हङकङ । हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका छन् ।
चीनले चार जना प्रजातन्त्रवादी सांसदलाई हटाउन बाध्य पारेको भन्दै सांसदहरुले सामूहिक राजीनामा गरेका हुन्। बुधबार मात्रै बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो ।
त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका हुन् । सन् १९ सय ९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलो पटक विपक्षीविहीन भएको छ ।
हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । बेलायतको उपनिवेश रहेको हङकङलाई सन् २ हजार ४७ सम्म एक देश दुई प्रणाली रहने गरि चीनलाई हस्तान्तरण गरिएको थियो ।
हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ । चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् ।
प्रतिक्रिया