Main News

लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवाका विभिन्न तहमा दरखास्त आव्हान

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १७:०८
लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवाका विभिन्न तहमा दरखास्त आव्हान

२६ कात्तिक, २०७७ काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि तीन सय पदको दरखास्त आह्वान गरेको छ ।

आयोगले आज सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको हो ।

सूचना अनुसार दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। आवेदन दिनका लागि निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।

आयोगका अनुसार ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ। आयोगले परीक्षा मिति भने तय गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *