Main News

तिहारको चहलपहल बढ्ने भएपछि उपत्यकामा सवारी जाँचमा कडाइ

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १२:५९
तिहारको चहलपहल बढ्ने भएपछि उपत्यकामा सवारी जाँचमा कडाइ

२६ कात्तिक, २०७७ काठमाडौं । दशैंको तुलनामा तिहारमा चहलपहल बढ्ने अनुमानसहित ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी जाँचमा कडाइ गरेको छ ।

तिहार लक्षित सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्ट थप्ने काम भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ७ सय ४९ जना जनशक्ति थप गरिएको छ भने २० वटा चेक प्वाइन्ट थपिएको छ । यस्तै महाशाखाले ८ वटा टोली बनाएर ३२ जना ट्राफिक प्रहरीलाई सादा पोशाकमा परिचालन गरेको छ ।

सादा पोशाकमा खटिएका ट्राफिकले यात्रु बनेर सार्वजनिक गाडीको भाडा अनुगमन गर्नेछन् । दशैं अघिदेखि नै शुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण दशैं आसपासमा बजारमा मानिस केही कम देखिए पनि अहिले बजारमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *