वामदेव गौतमविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

Himalaya Television
२०७७ कार्तिक २६ गते १२:५२

वामदेव गौतमविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

२६ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ ।

गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गर्नुभएको थियो ।

लगत्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs