विदेश

भारतको बिहारमा फेरि पनि नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

हिमालय टिभी
२०७७ कार्तिक २६ गते ७:३१
भारतको बिहारमा फेरि पनि नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

२६ कात्तिक, २०७७ पटना । भारतको बिहारमा फेरि पनि नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

विधानसभा निर्वाचन अन्तर्गत सम्पन्न निर्वाचनको परिणाम अनुसार एनडीए गठबन्धनले बहुमत स्थानमा जित हासिल गरेसँगै नीतीश कुमार पुनः बिहारको मुख्यमन्त्री बन्ने भएका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) तथा जनता दल युनाइटेड (जेडीयू) सहितको एनडीए गठबन्धनले सरकार गठनका लागि आवश्यक १ सय २२ सीटभन्दा बढीमा जित हासिल गरेको छ ।

एनडीएले २ सय ४३ सिट मध्ये १ सय २५ सिट जितेको छ । एनडीए गठबन्धनमा भाजापाले ७४ तथा जेडीयूले ४३ सिट जिते। तर यस पटक भाजपाले आफ्नो सिट संख्या पाँच वर्षअघिको भन्दा केही बढाएको छ ।

त्यस्तै तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन पछि रह्यो । तर बिहारमा आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ । आरजेडी महागठबन्धनले १ सय १० सिट जित्दा आरजेडीले ७५ सिट जितेको छ ।

त्यस्तै एआईएमआईएमले पाँच, जेडीयूको विरोध गरेर विधानसभामा एक्लै चुनाव लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले एक सिट र अन्यले दुई सिटमा जित हासिल गरेका छन् ।

त्यस्तै यसअघिको निर्वाचनमा ७१ सिट जितेको जेडीयूले ४३ सिट मात्र जित्न सक्यो । उता पाँच वर्ष पहिले २७ सिट जितेको इण्डियन नेशनल कांग्रेसले १९ सिट मात्र जितेको छ ।

बिहार विधानसभा निर्वाचन अन्तर्गत अक्टोबर २८ तारिखमा ७१ सीट, नोभेम्बर ३ तारिखमा ९४ सिट र नोभेम्बर ७ तारिखमा ७८ सिट गरी तीन चरणमा मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *