Main News

न्युनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा जसपाका अधिकांश नेतालाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १२:५६
न्युनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा जसपाका अधिकांश नेतालाई कोरोना संक्रमण

२५ कात्तिक, २०७७ काठमाडौं । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टी प्रवेश कार्यक्रममा व्यस्त हुँदा जनता समाजवादी पार्टीका अधिकांश नेतालाई कोरोना संक्रमण भएको छ ।

दशैंअघि जनता समाजवादीका शीर्ष नेता मधेसमा लगातार पार्टी प्रवेश कार्यक्रममा व्यस्त भएका थिए । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टी कार्यकर्ताको भिड लगाइएका ति कार्यक्रममा सहभागी जसपाका शीर्ष नेताहरु दशैंपछि एकै पटक कोरोना संक्रमित भएका छन् ।

जसपाका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भयो । शनिबार आएको दोश्रो रिपोर्टमा पनि पोजेटिभ देखिएको डा भट्टराईले फेसबुकमार्फत जानकारी गराउनु भएको छ। उहाँले कोरनाविरुद्धको लडाइ लामो हुने संकेत देखिएको समेत उल्लेख गर्नु भएको छ ।

जसपाका अर्का नेता राजेन्द्र महतोलाई पनि कोरोना पोजेटिभ देखिएपछि दशैंका बेला ५ दिनसम्म ग्राण्डी अस्पताल बस्नु भएको थियो ।

महेन्द्र यादव अहिले पनि होम आइसोलेसनमा हुनुहुन्छ । मधेसबाट फर्केपछि जसपाका नेता अशोक राईलाई पनि कोरोना संक्रमण देखियो।

यसबीचमा सर्वेन्द्रनाथ शुक्ल, विर्खेशचन्द्र लाल, रेणु यादव र उहाँका छोरा अभिषेकलाई पनि पोजेटिभ देखियो । पार्टीका शीर्ष नेताहरु एकै पटक बिरामी भएपछि पार्टीका कार्यक्रमहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *