Main News

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारको निर्णय

हिमालय टिभी
२०७७ कार्तिक २५ गते ७:१६
सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारको निर्णय

२५ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार नगर्ने आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो ।

एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

सर्वोच्च अदालतले असोज १५ मा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो । तर मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।

सरकारले मन्त्रीहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *