Main News

नेपालमा २९०९ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १६:५४
नेपालमा २९०९ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

२१ कात्तिक, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १ सय ५३ नमूनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् । कम परीक्षणमा पनि ठुलो संख्यामा संक्रमित भेटिएकाले संक्रमणदर उच्च रहेको देखिएको छ ।

कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ३ पुगेको छ । यस्तै अहिलेसम्म १ हजार ७० जनाको मृत्यु भएको छ । तिमध्ये काठमाडौं उपत्यकाका मात्रै ३ सय ९८ जना छन् ।


थपिएका संक्रमित मध्ये १३ सय ३८ कठमाडौं उपत्यकामा छन् । काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ संक्रमित थपिएका छन् ।

उपत्यकावाहिर कास्कीमा १ सय २९, मोरङमा १ सय २७, चितवनमा १ सय २६, दाङमा १ सय १४, सुनसरीमा ९५, झापामा ७९, कैलालीमा ७६ तथा रुपन्देहीमा ७० नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या घटेको छ । आजसम्म देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४५ सय जना संक्रमणमुक्त भएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ । ३ सय ८० जना संक्रमितको आयसीयु र ८३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *