Main News

लामो समयदेखि अवरद्ध सम्वाद शुरु गर्न भारतसँग राष्ट्रपति भण्डारीको आग्रह

हिमालय टिभी
२०७७ कार्तिक २१ गते ७:१७
लामो समयदेखि अवरद्ध सम्वाद शुरु गर्न भारतसँग राष्ट्रपति भण्डारीको आग्रह

२१ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अवरुद्ध दुई देशबीचको औपचारिक सम्वाद सुरु गर्न भारतसँग आग्रह गर्नु भएको छ ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेमार्फत उहाँले यस्तो सन्देश पठाउनु भएको हो । नरवणेले पनि आफ्नो देशको राजनीतिक नेतृत्वसमक्ष सन्देश पुर्‍याउने बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले हिजो नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेलगत्तै नरवणेले उहाँसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने, उच्चस्तरीय भ्रमण र संवाद निरन्तर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

दुई देशबीच रोकिएको औपचारिक संवाद पनि चाँडै शुरु हुने विश्वास उहाँले व्यक्त गर्नु भएको छ । राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार सम्बन्ध थप सुदृढ गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइलाई समर्थन गर्दै भारतीय सेनाध्यक्ष नरवणेले यो सन्देश दिल्लीमा पुर्‍याउने जवाफ दिनुभएको छ ।

गत वर्ष भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि दुई देशबीच औपचारिक राजनीतिक र कूटनीतिक संवाद ठप्प छ । संवादका लागि नेपालले पटक–पटक गरेको प्रयासमा पनि भारतले चासो देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *