Political Hightlights

सत्तारुढ नेकपाका दुई अध्यक्षबीच आजको बैठक किन भयो तक्ततापूर्ण ?

हिमालय टिभी
२०७७ कार्तिक २० गते १९:५६
सत्तारुढ नेकपाका दुई अध्यक्षबीच आजको बैठक किन भयो तक्ततापूर्ण ?

२० कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका दुई अध्यक्षबीच आज भएको भेटवार्ता तिक्ततापुर्ण भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिनपछि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज बालुवाटार पुग्नुभएको थियो ।

आफुले राजीनामा नदिने भनि प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएको अर्कोदिन भएको भेटले सहमति भन्दा पनि मतभेद झन बढाएको छ । भेटमा प्रचण्डले प्रधानमन्त्रीसँग राजीनामा कसले मागेको हो भनेर प्रश्न गर्नुभएको थियो ।

राजीनामा मागेको भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले त्यसबारे स्पष्ट पार्नसमेत भन्नुभएको थियो । ओली समूहले आफू निकट प्रदेश १ का नेतासँग हिजो गरेको भर्चुअल बैठकबारे समेत प्रचण्डले आपत्ति जनाउनुभएको थियो ।

बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै प्रचण्डले अहिले प्रधानमन्त्रीको राजीनामाको विषय नभई कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठक बोलाउने विषय महत्वपूर्ण भएको समेत बताउनुभएको थियो ।

पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक बालुवाटारबाट भइरहने भन्दै दाहालले यस्ता गतिविधिले समाधान नदिने बताएको स्रोतको भनाइ छ ।

यस्तै प्रचण्डले बाहिर धेरै नबोल्न र सबै विषय पार्टी कमिटीको बैठकमा छलफल गर्न समेत आग्रह गर्नुभएको थियो । तर ओलीले बैठक बोलाउन अस्वीकार गर्दै त्यसअघि शिर्ष तहमा समझदारी हुनुपर्ने अडान राख्नुभएको थियो ।

जवाफमा प्रचण्डले अब दुई जनाबीचको छलफलको कुनै अर्थ नरहेकाले सिधै सचिवालय बैठक बोलाउनुपर्ने भन्दै बालुवाटारबाट निस्कनु भएको बताइएको छ । राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएको छ ।

हिजो मात्रै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन खोजिएको भन्दै राजिनामा नदिने बताएपछि विवादको अर्को विषय पनि थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्