विदेश

दुई निर्णायक राज्यमा जित हात पारेपछि बाइडनको अग्रता कायमै, धाँधली भएको ट्रम्पको आरोप

हिमालय टिभी
२०७७ कार्तिक २० गते ७:३२
दुई निर्णायक राज्यमा जित हात पारेपछि बाइडनको अग्रता कायमै, धाँधली भएको ट्रम्पको आरोप

२० कात्तिक, २०७७ न्युयोर्क । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै डेमोक्रयाटिक उम्मेदवार जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा अग्रता कायम गरेका छन् ।

यो समाचार तयार पार्दासम्म बाइडनले कुल ५३८ इलेक्टोलर सिटमध्ये दुई सय ४३ जित हात पारेका छन् । उनले २५३ सिटमा जित निश्चित गरेका छन्।

उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडन विजयको बाटोमा उन्मुख रहेका हुन्।

अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडनले मतान्तर कम गर्दै लगेका छन्। एरिजोना र नेभाडामा बाइडन अगाडि छन्। जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन्। अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।

पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडनलाई चुनाव जित्न १७ सिट भए पुग्ने देखिएको छ । यो सँगै अमेरिकी राष्ट्रपतीय चुनावमा अहिलेसम्मकै तिब्र प्रतिस्पर्धा देखिएको छ ।

यसैबीच ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन्। उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *