Main News

वीर अस्पतालको आकस्मिक कक्षका १६ जना डाक्टरले दिए सामूहिक राजीनामा

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १६:५३
वीर अस्पतालको आकस्मिक कक्षका १६ जना डाक्टरले दिए सामूहिक राजीनामा

१९ कात्तिक, २०७७ काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना डाक्टरले आज सामूहिक राजीनामा दिएका छन् ।

कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालका निर्देशकलाई बुझाएको राजीनामा पत्रमा आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँ–तिहार भत्तासमेत नदिएको र मनोवल गिराउने काम गरेको उल्लेख छ ।

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले आरोप लगाएका छन् । १६ जना डाक्टरले राजिनामा दिए पनि वीर अस्पतालको आकास्मिक कक्षमा उपचार भने सञ्चालनमै छ ।

सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर कात्तिक २ गतेबाट आन्दोलनमा उत्रिएका भए पनि उनीहरूको मागमा कुनै सुनुवाई भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *