विदेश

अमेरिकी राष्ट्रपति चुनावको मतदान सकियो, वाइडनको शुरुवाती अग्रता

हिमालय टिभी
२०७७ कार्तिक १९ गते ७:५३
अमेरिकी राष्ट्रपति चुनावको मतदान सकियो, वाइडनको शुरुवाती अग्रता

१९ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएको छ ।मतदान सकिए लगत्तै केही स्थानका नतिजासमेत आउन शुरू भएको छ ।

शुरुवातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता बनाए पनि अहिले जो बाइडनले अग्रता लिएका छन् । दशकयताकै सबैभन्दा विभाजित मानिएको राष्ट्रपतीय निर्वाचनमा अमेरिकी इतिहासमै बढी १० करोडभन्दा बढिले अग्रिम मतदान गरेका थिए ।

यसपटकको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले कडा चुनौती दिने बताइएको ।

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भए दोस्रो कार्यकालका लागि चुनाव नजित्ने सन् १९ सय ९२ पछिका पहिलो राष्ट्रपति हुने छन् । त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए । सबै राज्यमा मतदान टुंगिएर नतिजा आउन भने केही समय लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *