Main News

एक्सन ऐड नेपालले गर्‍यो सरकारलाई ९ हजार ४ सय ५७ थान पीपीई सहयोग

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १४:२३
एक्सन ऐड नेपालले गर्‍यो सरकारलाई ९ हजार ४ सय ५७ थान पीपीई सहयोग

१८ कात्तिक, २०७७ काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ थान पीपीई सेट सहयोग गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउन एक्सन एडले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीपीई हस्तान्तरण गरेका हो ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई सेट अनिवार्य भएकाले सहयोग गरेको एक्सन एडले जनाएको छ ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने एक्सन एडको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *