Main News
एक करोड अवैध हुन्डी रकमसहित काठमाडौंबाट तीन जना पक्राउ
२०७७ कार्तिक १८ गते १२:५५

१८ कात्तिक, २०७७ काठमाडौं । एक करोड अवैध हुन्डी रकमसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।
डीआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया