महानगरपालिकाले दियो कान्ति बाल अस्पताललाई पीसीआर मेसिन

१७ कात्तिक, २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
चीनको नानजिङ सहरबाट प्राप्त दुई मध्ये एक थान मेसिन काठमाडौं महानगरपालिकाले आज अस्पताललाई हस्तान्तरण गरिएको हो ।
नानजिङ र काठमाडौं महानगरको भागिनी सम्बन्ध छ । मेसिन हस्तान्तरणपछि मेयर विद्या सुन्दर शाक्यले जति सक्दो चाँडो मेसिन जडान गरी सेवा सुरु गर्न आग्रह गर्नुभयो ।
कान्ति बालका अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले अब कोरोना परीक्षणका लागि अन्य अस्पतला र प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।
यसअघि कान्ति बाल अस्पतालले कोरोनाका शंका लागेमा परीक्षणका लागि अन्त पठाउँदै थियो । कान्ति बाल अस्पतलमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म दुई जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया