Main News

यस्तो रहनेछ आजको मौसम

हिमालय टिभी
२०७७ कार्तिक १७ गते ८:५८
यस्तो रहनेछ आजको मौसम

१७ कात्तिक, २०७७ काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *