विदेश

बेलायती राजकुमार विलियम्सलाई गत अप्रिलमै कोरोना संक्रमण भएको खुलासा

हिमालय टिभी
२०७७ कार्तिक १७ गते ७:३१
बेलायती राजकुमार विलियम्सलाई गत अप्रिलमै कोरोना संक्रमण भएको खुलासा

१७ कात्तिक, २०७७ लण्डन । बेलायती राजकुमार विलियम्स गएको अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ ।

बेलायती सञ्चार माध्यम बीबीसीले द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको जनाएको छ ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला उनी पनि संक्रमित भएको बताइएको छ ।

संक्रमित भएको खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाले ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबरले देशव्यापी चिन्ता नबढोस् कुरा भनेर गोप्य राखेको दाबी गरेको छ ।

उनको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको खबरमा उल्लेख छ।

उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *