Main News

पूर्वराज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १२:४८
पूर्वराज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ

१६ कात्तिक, २०७७ काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका राय २०६८ सालमा डा. बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए ।

विवादित छविका राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसयता राय राजनीतिमा निष्कृय छन् ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका ७ स्थित चागाथलिको एकघरमा कौडा खेलिरहेका १८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु हिजो राति ११ बजे पक्राउ परेका हुन् ।

उनीहरको साथबाट ११ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ र १ सेट कौडा बरामद भएको छ । सातदोबाटो बृत्तका प्रहरी निरीक्षक श्याम कुमार कटुवालको कमाण्डमा १२ जना प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आवश्यक प्रक्रियापछि अहिले उनीहरुलाई प्रहरी प्रभाग भैंसेपाटीमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *