Political Hightlights

११ दिनपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग भेटवार्ता

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १४:४७
११ दिनपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग भेटवार्ता

१५ कात्तिक, २०७७, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ११ दिनपछि प्रचण्ड बालुवाटार जानु भएको हो ।

ओलीको बारम्बारको आग्रह र प्रयासपछि प्रचण्ड छलफलका लागि बालुवाटार जानुभएको हो । वरिष्ठ नेता माधवकुमार नेपालसँग गम्भीर वार्ता र छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएको बुझिएको छ ।

गएको कात्तिक ४ पछि ओली–प्रचण्ड बीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहनुभएको थिएन ।

हिजो मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले खुमलटार पुगेर संवाद अघि बढाउन आग्रह गर्नुभएको थियो ।

त्यसअघि महाचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेर ओलीका तर्फबाट संवादका लागि आग्रह गर्नुभएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग थप असन्तुष्ट हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्