Main News

कञ्चनपुरको मालुमेला जंगलमा दुई र महाकाली नदीमा एक जनाको शव फेला

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १२:५९
कञ्चनपुरको मालुमेला जंगलमा दुई र महाकाली नदीमा एक जनाको शव फेला

१५ कात्तिक, २०७७ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेला जंगलमा दुई जनाको शव भेटिएको छ।

शनिबार बिहान मालुमेलाको जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

असोज २८ गतेदेखि बेपत्ता कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउद मृत अवस्थामा भेटिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

गत असोज २८ गतेदेखि बेपत्ता रहेका उनीहरुको स्थानीयले शनिबार बिहान जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।प्रहरीका अनुसार शव नजिकै विषदीको बट्टा पनि फेला परेको छ ।

घट्नास्थलमै रहेका कञ्चनपुरका प्रहरी प्रवक्ता थापाका अनुसार दुवै शव सडिसकेको अवस्थामा भेटिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज डगौराको शव महाकालीमा नदीमा भेटिएको छ ।

गत मंगलबार साथीसँग दोधारा–चाँदनी झोलुंगे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *