Main News

दशै‌ं मानेर फर्किनुभयो ? अब यस्ता सावधानी अपनाउनुस् (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते २०:३२
दशै‌ं मानेर फर्किनुभयो ? अब यस्ता सावधानी अपनाउनुस् (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । पोहोर परारको तुलनामा यो वर्ष दशैंमा आवतजावतमा कमी भए पनि टीका थाप्नकै लागि एक ठाउँबाट अर्को ठाउँ जाने व्यक्तिको संख्या उल्लेख्य रह्यो ।

दशैंमा टीका थाप्न घर परिवार र नातागोताकोमा गएकाहरु दशैं सकिएसँगै काममा फर्कन थालेका छन् । गाउँबाट शहर फर्कनेहरुको भिड पनि बढ्दो छ । कोरोना संक्रमणको जोखिम रहेको यो समयमा दशैं मानेर शहर फर्कनेले के कस्तो सावधानी अपनाउने त ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो दशैं मानेर झण्डै २ हजार जना काठमाडौं उपत्यकामा प्रवेश गरेका छन् । दशैं मान्न झण्डै ३ लाख मानिस उपत्यका बाहिर गएका थिए ।

दशैंअघि र दशैंमा घर गएकाहरु काठमाडौं फर्कने क्रम अहिले पनि चिलरहेको छ । यस्तै उपत्यका बाहिरका शहरी क्षेत्रमा पनि गाउँ गाउँबाट मानिस आउने क्रम जारी नै छ । यसरी मान्छेको ओहोर दोहोर बढेका कोरोना संक्रमणको खतरा पनि बढेको छ ।

त्यसैले कुनै पनि शहरमा फर्किएका व्यक्तिलाई कम्तीमा पनि पाँच दिनसम्म छुट्टै बस्न र स्वास्थ्यमापदण्ड पालना गर्न सरकाले आग्रह गरेको छ ।

सरकारको यो आग्रहलाई विज्ञले सकरात्मक रुपमा लिएका छन् । अहिले कोरोना संक्रमण बढ्दै गएको स्थितिमा ७ दिन अनिवार्य होम आइसोलेशनमा बस्दा संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सकिन्छ ।

दशैंको समयमा टीका थाप्दा, घरपरिवारसँगको भेटघाटमा धेरै जना धेरै जनाको संसर्गमा आएका छन् । यसले स्वस्थ्य व्यक्तिमा पनि संक्रमण सर्ने जोखिम बढेको छ । त्यसैले शहर फर्केकाहरुले पीसीआर परीक्षण गर्नु आवश्यक छ । यसलाई ख्याल गरेर सरकारले पीसीआर टेष्टलाई निःशुल्क गर्दै परीक्षणको दायरा बढाउनुपर्ने विज्ञको सुझाव छ ।

कोरोना संक्रमणकै कारण मृत्यु हुने र गम्भीर समस्या हुनेको संख्या बढ्दो छ । कोरोनाबाट बच्न र आफू वरिपरीका व्यक्तिलाई बचाउन होम आइसोलेसनमा बस्ने, पीसीआर परीक्षण गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने र दुरी कायम गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *