Main News

यातायात कार्यालयको चरम लापरवाहीः लाइसेन्स कसरी खेतमा पुग्यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १३ गते २०:२०
यातायात कार्यालयको चरम लापरवाहीः लाइसेन्स कसरी खेतमा पुग्यो ? (भिडियोसहित)

१३ कात्तिक, २०७७ धनुषाधाम । स्मार्ट लाइसेन्स लिन ३ वर्षसम्म पनि कुर्नुपर्ने बाध्यात्मक परिस्थिति छ जनकपुरधामको यातायात कार्यालयमा । तर बल्लतल्ल यातायात व्यवस्था विभागबाट जनकपुरधाम आएका लाइसेन्स कार्यालयको सट्टा खेतमा भेटेपछि सेवाग्राही चिन्तित बनेका छन् । करिव तीन सय लाइसेन्स कार्यालयको भवन पछाडिको खेतमा छरिएको भेटेपछि कार्यालयको अव्यवस्था उदाङ्गो भएको छ ।

जनकपुरधामस्थित यातायात कार्यालय भवनको ठिक पछाडिको खेतमा तीन सय स्मार्ट लाइसेन्स अर्थात सवारी चालक अनुमतिपत्र भेटियो । धान काट्न गएका महिलाले खेतमा छरिएको अवस्थामा लाइसेन्स फेला पारे । र, उनीहरुले यातायात कार्यालयका सुरक्षा गार्डलाई सम्पर्क गरेर गरे ।

त्यसपछि यातायात कार्यालयका सुरक्षा गार्डले खेतमा धान काट्न गएका महिलालाई पाँच सय रुपैयाँ दिएर लाइसेन्स बटुल्न लगाए । धान काटेर खेतमै राखिएकाले अझै पनि त्यहाँ अरु लाइसेन्स हुन सक्ने सुरक्षा गार्डको अनुमान छ ।

यो सामान्य विषय होइन
घटना समान्य होइन । घटनाले कार्यालयको अव्यवस्था र लापरवाही छताछुल्ल भएको छ । खेतमा फालिएका तिनै लाइसेन्स हुन जसका लागि सेवाग्राही तीन वर्षदेखि प्रदेश २ का विभिन्न जिल्लाबाट यातायात कार्यालय धाइरहेका छन् । एकातिर लाइसेन्स खेतमा भेटिन्छ, अर्कोतिर सेवाग्राहीको पीडा छ ।

भवनको पछाडि सीसीटीभी पनि जडान गरिएको छैन, न चोरी भएको न त भवनमा कुनै तोडफोन नै भएको छ । यस्तो अवस्थामा लाइसेन्स धान खेतमा कसरी पुग्यो त ? यो प्रश्न हामीले यातायात कार्यालय जनकपुरधामका निमित्त प्रमुख वीरेन्द्र साहलाई सोध्यौं ।

कर्मचारीकै आन्तिरक द्वन्द्वका कारण कर्मचारीकै संलग्नतामा यस्तो गलत हर्कत भएको आशंका छ । स्टोर प्रमुख धर्मराज पौडेल आफूहरुले लाइसेन्स लाइसेन्स शाखामा पठाउने गरेको भन्दै बोल्न चाहनु भएन भने लाइसेन्स वितरण शाखाका अमित झाले उल्टै आश्चर्य व्यक्त गर्नुभयो ।

यातायात कार्यालयकै प्रमुखदेखि कर्मचारी सबैका कुरा सुन्दा कोही पनि जिम्मेवार भएको देखिन्न । कोही अनभिज्ञता प्रकट गर्छन् भने कोही आश्चर्य । यसले यो सबै काम कर्मचारीभित्रैबाट मिलिभगतमा भएको अनुमान गर्न सकिन्छ । अब हेर्न बाँकी छ कार्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सक्छ कि सक्दैन । तर यस्तो लापरवाहीपूर्ण कामका लागि सम्बन्धित निकायले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *