Main News

सुदूरपश्चिम र गण्डकी प्रदेशमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १३:०७
सुदूरपश्चिम र गण्डकी प्रदेशमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

१३ कात्तिक, २०७७ काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी उनलाई १२ गते संक्रमण पुष्टि भएको थियो ।

सोही दिन सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–नाइन्टिन अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत संक्रमित महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभएको छ । यही कात्तिक ५ गते संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *