Main News
वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण
२०७७ कार्तिक १२ गते १३:२०
१२ कात्तिक, काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ ।
उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर जानुभएको थियो ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको प्रदेश प्रमुख प्रसाईंको भनाइ छ ।
हाल घरमै आइसोलेसनमा रहेका उहाँका छोरा राजेशलाई पनि कोरोना सङ्क्रमण भएको छ ।
प्रतिक्रिया