Main News

दशैं विदामा बन्द सरकारी तथा वित्तीय संस्थाहरु आजबाट खुले

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १३:०९
दशैं विदामा बन्द सरकारी तथा वित्तीय संस्थाहरु आजबाट खुले

१२ कात्तिक, २०७७ काठमाडौं । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन् ।

दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुलेका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए ।

दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन । दशैँ बिदा सकिएकाले आजदेखि काठमाडौंसहित मुख्य सहरमा केही चहलपहल बढ्छदै गएको छ ।

दशैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम भने चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *