विदेश

चीनसँग विवाद चलिरहेकै बेला भारत र अमेरिकाले गरे रक्षा सम्झौता

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १८:२६
चीनसँग विवाद चलिरहेकै बेला भारत र अमेरिकाले गरे रक्षा सम्झौता

११ कात्तिक, २०७७ नयाँ दिल्ली । चीनसँगको विवाद कायम रहेकै अवस्थामा विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र भारतबीच रक्षासम्बन्धी सूचना आदानप्रादन गर्ने सम्झौता भएको छ ।

भारत र अमेरिकाबीच बेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन सम्झौता (बेका) मा हस्ताक्षर भएको हो । दुई शक्तिशाली देशका बीचमा भएको सम्झौताको रुपमा निकै महत्त्वका साथ हेरिएको छ।

सो सम्झौताअनुसार रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सालगायतका सूचनाहरु भारत र अमेरिकाबीच एकआपसमा आदान प्रदान हुनेछ ।

सो सम्झौताअनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउनेछ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने छ ।

भारत र अमेरिका र विदेशमन्त्री र रक्षामन्त्रीको बैठकमा यो सहमति भएको हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री भारत आएका थिए ।

हाल भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्रीले यो घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन् । पम्पिओ पछिल्लो समय निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *