Main News

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ५७० संक्रमित थपिए

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १६:२४
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ५७० संक्रमित थपिए

११ कात्तिक, २०७७ काठमाडौं । नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालले देशभर गरेर २७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।


दशैं विदाका कारण कम परीक्षण हुँदा संक्रमितको संख्या पनि कम देखिएको हो । यो सँगै अहिलेसम्म कुल एक लाख ६० हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा आज २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका २ सय २५, ललितपुरका २३ र भक्तपुरका ४ जना छन्।

त्यस्तै पछिल्लो समय ३ हजार १ सय ६८ जना संक्रमण मुक्त भएका छन् । योसँगै अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो पटक १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *