बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

Himalaya Television
२०७७ कार्तिक ११ गते १३:३५

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

११ कात्तिक, २०७७ बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे निधन भएको हो ।

महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो ।

बुटवलका पुरुष यही कात्तिक ७ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको र उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs